शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने पत्रकार

आइतबार, २४ वैशाख २०७४, १७ : २७
आइतबार, २४ वैशाख २०७४
काठमाडौ, बैशाख २४ – सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गरेको छ । आईतबार अपरान्ह मन्त्रालयमा विशेष कार्यक्रमकाबीच बरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकार पुरस्कार पाउने व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको हो । मदनमणी दीक्षित, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार र विश्वबन्धु भण्डारी वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित भएका छन् । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा गजेन्द्र बुढाथोकी, सिराज खान, शिवबहादुर कार्की र गणशेखर शर्मा छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार यसपटक चारजनालाई दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप