शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल औषधि उद्योगले फेरि थाल्यो उत्पादन

आइतबार, २४ वैशाख २०७४, १७ : ४०
आइतबार, २४ वैशाख २०७४

काठमाडौं, वैशाख २४–नेपाल औषधी उद्योगले आइतबारवाट पुन औषधी उत्पादन सुरु गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेड केही समयदेखी बन्द अवस्थामा थियो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आफ्नो कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वमा रहेर विभिन्न कारणले विगतमा वन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएका थिए ।

मन्त्रीको सोही नीति अनुसार नेपाल औषधी उद्योगले पुनर्जिवन पाएको हो । उद्योग मन्त्री जोशीकै पहलमा नेपाल सरकारले औषधी उत्पादनको लागि विश्व स्वाथ्य संगठन डव्लुएचओले तय गरेको कुशल निर्माण विधि शुरु गर्न सरकारका तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

सो अन्तर्गत पहिलो किस्ता वापत ६ करोड ४८ लाख रुपैंया निकासा भई नेपाल औषधी लिमिटेडले पहिलो चरणमा आइतबारवाट जीवन जलको उत्पादन शुरु गरेको छ । आगामी ३ महिना भित्र सिटामोल लगाएतका ट्यावलेट उत्पादन गरी बजारमा पु¥याउने लक्षका साथ नविकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुत स्तरमा कार्य अगाडी बढिरहेको जनाइएको छ । दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दाबढी प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष लिई सो अनुरुप कार्य अगाडी बढाएको छ ।

यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने र इन्ट्राभेनस फ्युड शाखा समेत संचालनमा ल्याई स्लाईन अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडी बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडी बढिरहेको जनाइएको छ ।

राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधी नेपाल औषधी लिमिटेडबाट उत्पादन गरीसरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडी बढाउने दिशामा समेत काम भईरहेको जनाएको छ ।

विगतमा नेपाल औषधी उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रुपमा वन्द अवस्थामा रहेको थियो । नेपाल औषधी लिमिटेडले पुन उत्पादन शुरु गरेको जीवन जलको उत्पादन कार्यको उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप