शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भारत हुदै अरव लान खोजीएका छ महिलाको उद्धार

आइतबार, २४ वैशाख २०७४, १८ : २८
आइतबार, २४ वैशाख २०७४
कोहलपुर (बाँके), बैशाख २४ – भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका छ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्धार गरेको छ । भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी छ जना महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इप्रका कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार देशका विभिन्न क्षेत्रबाट अनेक प्रलोभन दिएर भारतीय बाटो हुँदै अरब देशमा पठाउने योजनाका साथ कोहलपुरको बसपार्क, ढकेरी र जीगाउँमा राखिएका महिलालाई उद्धार गरिएको हो । प्रहरीले अवैध रुपमा खाडी मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना एजेन्टलाई प्रक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले प्रक्राउ परेका व्यक्ति र उद्धार गरिएका महिलाको नाम भने खुलाएको छैन । यस घटनामा ठूलै गिरोह संलग्न रहेकाले थप अनुसन्धान जारी रहेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप