आयोगद्धारा मतदाता शिक्षाका लागि मोबाइल भ्यान सञ्चालन
आइतबार, २४ वैशाख २०७४, १८ : ३७
काठमाडौँ, वैशाख २४ – निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै उनले भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको बताए ।
डा यादवले भने, ‘बदर मत घटाउन र सदर मतको सङ्ख्या बढाउन मतदाता शिक्षा ज्यादै आवश्यक छ, आयोगले आजदेखि विशेष किसिमको मतदाता शिक्षाको अभियान सुरु गरेका छौँ, यो अभियान सहज र सघनरुपमा मतदाताको घरदैलो र टोलटोलमा पुर्याइनेछ ।’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट २१ हजारको सङ्ख्यामा सामाजिक परिचालक र शिक्षक खटाइको जानकारी दिनुभयो ।
आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचारप्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिकालगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण