संघीय गठबन्धनबारे मधेसी दलबीच चल्यो यस्तो जुहारी
आइतबार, २४ वैशाख २०७४, १८ : ४४
काठमाडौं, वैशाख २४– मधेस केन्द्रित आन्दोलनलाई देशब्यापी बनाउन भन्दै गठन भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनमा रहेका दलहरुबीच जुहारी चलेको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीसँग मिलेर भाग लिएपछि गठबन्धनमा रहेका दलहरुले यादवलाई हटाएर महन्थ ठाकुर संयोजक रहेको शनिवार मात्रै घोषणा गरिएको थियो ।
ठाकुरको जन्म दिनको अवसर पारेर लड्डु खाँदै ठाकुरलाई नै गठबन्धनको संयोजक घोषणा गरिएको थियो । फोरम अध्यक्ष यादवले भने आइतबार विज्ञप्ति जारी गर्दै गठबन्धनको संयोजक आफू नै रहेको दाबी गरेका छन् ।
‘महन्थ ठाकुरको नामबाट आएको प्रेस विज्ञप्ति राजनीतिक झुठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम समेत हो’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्याममा जेजस्ता समाचारहरु प्रेषित भएका छन्, ती गठबन्धनको आधिकारिक निर्णय नभएर ब्यक्तिगत निर्णयहरु मात्र हुन् ।’
‘संयोजक र प्रवक्ता डा.ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यलाई जानकारी नै नदिई ब्यक्तिगत रुपमा आयोजना भएको कथित बैठक संघीय गठबन्धनको वैठक हुनै सक्दैन ।’– यादवले भनेका छन् ।
‘आदिवासी जनजाति, मधेसी, थारु, खस, शिल्पी, मुश्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी संघर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ ।’– उपेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
फाेरम अध्यक्ष उपेन्द्रले जारी गरेकाे विज्ञप्तिको पूर्णपाठः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण