तिब्बतको सहयोगमा पोखरामा हजार थान सौर्य बत्ती
आइतबार, २४ वैशाख २०७४, १८ : ५५
पोखरा, वैशाख २४ चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ ।
गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ ।
पोखराको विजयपुरदेखि हल्लनचोक, नयाँबजार, पालिखेचोक, बुद्धचोकदेखि वन विज्ञान अध्ययन संस्थान तथा विभिन्न मठमन्दिरमा सौर्यबत्ती जडान गरी उज्यालो पारिएको छ ।
सौर्य बत्ती जडानका लागि तिब्बत सरकारले रु १५ करोड सहयोग गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत यु होङ र तिब्बत सरकारका वैदेशिक मामिलाका उपमहानिर्देशक मा क्विनसिङले पोखरा–लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई हस्तान्तरण भएको थियो ।
हस्तान्तरण कार्यक्रममा राजदूत होङले पोखराको विकासमा चीन सरकारले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण