शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लेखक शर्माको अन्त्येष्टि गरियो

आइतबार, २४ वैशाख २०७४, १९ : १६
आइतबार, २४ वैशाख २०७४
काठमाडौं वैशाख २४ – प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसाद शर्माको पार्थीव शरीरको आज साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा विधिविधानपूर्वक उनको अन्त्येष्टि सम्पन्न गरिएको हो । अन्त्येष्टिका क्रममा उनका आफन्त, विभिन्न पार्टीका नेतागण, साहित्यकार, शुभेच्छुकलगायतको सहभागिता थियो । अल्जाइमरबाट पीडित ९८ वर्षीय शर्माको आज बिहान निधन भएकोमा अन्त्येष्टिपूर्व पार्थीव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । सभामुख ओनसरी घर्ती उक्त स्थानमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि दिएको थियो । त्यसैगरी, नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, शिक्षामन्त्री धनीराम पौडेल तथा साहित्यकार लगायतले उनप्रति श्रद्धाञ्जलि दिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेएका शर्माकी एक छोरी छिन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप