कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा
आइतबार, २४ वैशाख २०७४, १९ : ५३
धनगढी, वैशाख २४ – कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ ।
जितसँगै कैलाली जिल्ला क्रिकेट एकेडेमी प्रतियोगिाताको सेमिफाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर ६७ रन बनायो । ६८ रनको विजय लक्ष्य कैलालीले १२ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । कैलालीका लागि मन्जु विष्टले अविजित ३३ रन तथा कविता कुँवरले २२ रन बनाए ।
बलिङतर्फ बाराकी सामना पुनले एक विकेट लिइन ।
यसअघि बारा क्रिकेट एकेडेमीका लागि सरस्वती पुनले १९ तथा ममता चौलागाईले १० रन बनाए । बलिङतर्फ कैलालीका सुमन विष्टले दुई तथा कविता कुँवर, अन्जली चन्द र लक्ष्मी साउदले एक÷एक विकेट लिए । कैलालीकै मन्जु वोगटी ‘वुमन अफ द म्याच’ घोषित भइन ।
सोमबार पहिलो सेमिफाइनल खेल समुह ‘ए’को विजेता शसस्त्र प्रहरकिो एपिएफ क्लब र समुह ‘वी’का बीच तथा अर्को सेमिफाइनल खेल समुह ‘वी’ को विजेता राइजिङ क्रिकेट वुमन र समुह ‘ए’को उपविजेता मिलन क्रिकेट एकेडेमी झापाका बीच हुने आयोजकले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण