शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कोका–कोला १ सय ३१ वर्षकोे उत्सव मनाउँदै

आइतबार, २४ वैशाख २०७४, १९ : ५८
आइतबार, २४ वैशाख २०७४
काठमाडौं – वैशाख २४ – कोकाकोलाले आफ्नो एक सय ३१ वर्षको बार्षिकोत्सव मनाउँदै छ । जसको इतिहास ८ मई, १८८६ मा शुरु भएको थियो । विश्वभर पेय पदार्थ मध्ये अधिक रुचाइने प्रसिद्ध कोकाकोला एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थको रुपमा उत्पादन हुन पुगेको थियो । यो पेय पदार्थले मानिसहरुको जीवनको एक निरन्तर भागको रुपमा दैनिक हरेक क्षणलाईमाथि उकास्दै र ताजा बनाउँदै आएको कम्पनीको दावी छ आजसम्म प्रयोग भईरहेको उक्त पेय पदार्थ फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए । व्यापार बढ्दै गएपछि त्यसको प्रतिस्पर्धा र अनुकरण गर्ने प्रचलन बढेको हो । ‘डिमाण्ड एण्ड जिनियस’ तथा ‘एक्सेप्ट नो सब्टिच्यूटस्’ विज्ञापन जस्ता विज्ञापनले कोका–कोलाले उपभोक्ताहरुलाई वास्तविक विषय बाहेक अन्य कुराहरुलाई ध्यान नदिन प्रतिबद्ध हुँदै आइरहेको पाइन्छ । यिनै कारण कोका–कोला अद्धितीय प्याकेजिङ् गर्ने निर्णयमा पुग्यो, जून अहिले उपभोक्ताले विशिष्ट कोन्टोर बोतल को रुपमा देखिरहेका छन् । कोका–कोला कम्पनीले सन् १९२०को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गरेको थियो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको अतुलनीय उचाईमा पुगेको इतिहास छ । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिन्छ । सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी मात्र थियो । उदाहरणका लागि, यसले गर्दा कोका–कोला बोकेर उपभोक्ताले घर लैजान सजिलो बनायो । श्री उडरफले शुरु गरेका कोका–कोलाको अन्तराष्ट्रिय संभावनाको परिकल्पना अझै पनि कम्पनीद्धारा लागू गरिएको तथा यसलाई संसोधित गरिँदै आएको छ । बोटलर्स तथा सब्सिडरीज्मा सामान्य खुशीको क्षण बनाउनका लागि अनुमप विश्वव्यापी प्रणालीमा कोका कोला व्यवसायलाई समाहित गरिएको देखिन्छ । अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ । एटलान्टामा डा. पेम्बर्टनको साथमा कम्पनी स्थापना भएको क्षण विश्वभर लाखौं पटक थप हुँदै गएको छ । क्याडलर्सको अद्धितीय विज्ञापन शैलीद्धारा यसलाई पारिवारिक तथा विश्वव्यापी बनाएको छ । उडरफको परिकल्पनाद्धारा कोका–कोलालाई ‘प्रत्येक हातको चाहनाभित्र’ राख्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा कोका कोलाः कोका–कोलाले नेपालमा सन् १९७९ देखि नै हरेक अवसरका लागि कयौं ब्राण्डको श्रृंखलाका साथमा उपलब्ध गराउँदै आएको छ । जून स्थानिय स्वाद र संस्कृती प्रतिको लगावमा समाहित भएको पाइन्छ । कम्पनीको शुरुवाती देखि नै, कोका–कोलाले फुटबल, संगीत तथा खानाका अनेकौं गतिबिधीहरुलाई साथ र सहयोग गर्दै आएको छ । सन २०१३ मा कोका–कोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो, जून नेपालमा पहिलो पटक वास्तविक सुनौलो ट्रफी प्रत्यक्षरुपमा फुटबल प्रेमीहरुले हेर्न पाएका थिए । कोका–कोला मोःमोत्सवमा, कोका–कोलाले ग्राहकहरुको मनपर्ने कोक र मोःमोको कम्बिनेसनको आनन्द लिएका थिए, जहाँ उनीहरुको मनपर्ने सेलेब्रेटीहरु तथा राष्ट्रिय फुटबल टीमका खेलाडीहरु शताब्दीऔंदेखिको परिवर्तनले, कोका कोला अझै पनि निरन्तररिफ्रेसिङ संकेतको रुपमा रहेको कम्पनीको दावी छ । कोका–कोलाको इतिहास लामो र अपूर्व छ, जति लोकप्रिय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप