कोटेश्वरस्थित होटलमा महिला मृत फेला
आइतबार, २४ वैशाख २०७४, २० : ११
काठमाडौँ, वैशाख २४ – कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिए ।
मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार आफूहरु श्रीमान् श्रीमती भनी होटलमा बसेकामा आइतबार सापकोटा विमानस्थल गएर साथी लिएर आउँछु भनी गएका थिए ।
सापकोटा फर्किएर नआएपछि उक्त गेष्ट हाउसमा काम गर्ने व्यक्तिले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठाभित्र तामाङलाई घोप्टो अवस्थामा मृत फेला पारेका थिए ।
निरीक्षक पाण्डेले भने, ‘सो व्यक्तिले एयरपोर्टबाट केही छिनमा फर्कने भन्दै थप पाँच जनालाई खाना बनाउनु भनी भागेर गएका रहेछन्, उनको खोजी कार्य जारी छ । मृतक तामाङको घाँटीमा डाम देखिएकाले उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।’ रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण