केन्द्रीय नेतासहित विप्लवका १ सय ५० कार्यकर्ता पक्राउ
आइतबार, २४ वैशाख २०७४, २० : २४
काठमाडौं, वैशाख २४– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेतासहित देशभरबाट १ सय ५० कार्यकर्ता पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन विरोधी अभियान थालेपछि विप्लवका नेता कार्यकर्ता पक्राउ गरेका हुन् ।
विप्लवका कार्यकर्ताले उम्मेदवारलाई आतंकित पार्ने, उम्मेदवारका गाडी आगजनी गर्ने लगायतका गतिविधि तीब्र पारेपछि प्रहरीले विप्लव पार्टीप्रति निगरानी बढाउँदै लगेको छ ।
हालसम्म पार्टी केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज सन्देश पौडेल र बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, सल्यान, धादिङ, पर्वत लगायत जिल्लाबाट १५० बढी नेता कार्यकर्ता पक्राउ परेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
विप्लवले आइतबार प्रेस वक्तब्य जारी गर्दै गिरफ्तार गरिएकालाइ युद्धकालमा जस्तै झुठ्ठा मुद्दा लगाइएको र कयौंलाई यातना र बेपत्ता पारिएको जनाएका छन् ।
गिरफ्तार गरिएकालाई बिनाशर्त मुक्त नगरिए दमनबाट उत्पन्न हुने प्रतिरोध संघर्षको जिम्मेवार प्रचण्ड सरकार नै हुनुपर्ने साही विज्ञप्तिमार्फत विप्लवले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण