गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ
आइतबार, २४ वैशाख २०७४, २० : ३७
काठमाडौँ, वैशाख २४ – गुण्डा नाइके दीपक मनाङ्गे आइतबार पक्राउ परेका छन् ।
स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले मनाङ्गेलाई पक्राउ गरेको पुष्टि गरे ।
उनी आफै ठमेल पुगेर मनाङ्गेलाई पक्राउ गरेका हुन् ।
चुनावमा कुनै अप्रिय घटना नघटोस् भनेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै छुट्दै गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण