भूकम्पपीडितपीडितका नाममा उम्मेदवारले खुराफाती गर्न खोज्दा...
आइतबार, २४ वैशाख २०७४, २० : ३९
धुलिखेल, बैशाख २४– काभ्रेपलाञ्चोक जिल्लाको भूम्लू गाउँपालिका वडा नं. ७ का एमालेको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका रमेशराज खरेललाई प्रहरीले पक्राउ गरिएको केही घण्टामा नै उन्मुक्ति दिएको छ ।
खरेलले आइतवार भूम्लू गाउँपालिका गाउँपालिकाको ७ नं. वडा कार्यालयका सचिवद्वारा हस्ताक्षरित खाली लेटरप्याडमा भूकम्पपीडितको नाममा आएको रकम निकासाका लागि सिफारिस लेखिरहेको क्रममा प्रहरीले बनेपास्थित लक्ष्मी बैङ्कबाट पक्राउ गरेको थियो ।
भूकम्पपीडितको नाममा आएको पहिलो किस्ता बापतको रकम निकासाको लागि सिफारिस गर्न खाली लेटरप्याड प्रयोग गरी सिफारिस लेख्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको खरेललाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले आवश्यक छानविनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो ।
तर प्रशासनले भने खरेललाई निर्वाचन अधिकृतको कार्यालयमा बुझायो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आफुहरुले गर्नुपर्ने काम गरेर मुख्य निर्वाचन अधिकृत कहाँ बुझाएको बताएका थिए ।
मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद पौड्यालले भने वडा कार्यालयको सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेर त्यसमा दुई लाइन मात्रै लेखेको अवस्थामा पक्राउ परेकाले खासै समस्या नदेखिएकाले सचेत गराएर छाडिएको बताए ।
खरेल स्थानीय बागदेवी माविका प्रावि शिक्षक पनि हुन् । उनी निर्वाचनमा उम्मेदवारी बन्नका लागि शिक्षण पेशाबाट राजीनामा दिएर एमालेको तर्फबाट ७ नं. वडाको वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण