शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राप्रपाका विद्यार्थी संगठनका अधिकांश पदाधिकारी स्थानीय चुनावमा उम्मेदवार

आइतबार, २४ वैशाख २०७४, २० : ५४
आइतबार, २४ वैशाख २०७४
काठमाडौं, वैशाख २४– राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंघका अधिकांश केन्द्रीय पदाधिकारी स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । राप्रविसंघ महासचिव राज बस्नेतका अनुसार उपाध्यक्ष निराजन बम पलाँसा गाउँपालिका कालिकोटको उपप्रमुखमा र नेता धनशुर शाही, कालिकोटकै तिलागुफा नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् । यस्तै, विद्यार्थी संगनठका अर्का उपाध्यक्ष श्याम यादव लक्ष्मीपुर गाउँपालिका सिरहाको उम्मेदवार बन्ने तयारीमा छन। त्यस्तै तत्कालिन राप्रविसं नेपालका सह–संयोजक कुमार गजुरेल बेलकोटगढी नगरपालिका नुवाकोटको मेयर पदको उम्मेदवार छन् । यसैगरी राप्रविसंघ महासचिव राज बस्नेत लामिडाँडा गाउँपालिका खोटाङको अध्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन् । सिन्धुपाल्चोकको मेलम्ची नपाको उपमेयरमा सङ्गठनकी कोषाध्यक्ष कुमारी तामाङ उपमेयरको प्रत्यासी छिन् । त्यस्तै विद्यार्थी केन्द्रीय सदस्य देवेन्द्र माल बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरको वडा अध्यक्षको उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप