३९ वर्षे इम्यानुएल म्याक्रो फ्रान्सका नयाँ राष्ट्रपति
बीबीसी
बैशाख २५ – यूरोप समर्थक मध्यमार्गी नेता इम्यानुएल म्याक्रो फ्रान्सका नयाँ राष्ट्रपति चुनिएका छन् ।
३९ वर्षे युवा म्याक्रोले योभन्दा पहिले कुनै निर्वाचित पद सम्हालेका थिएनन् ।
अहिलेसम्म ९० प्रतिशतभन्दा मतपत्रको गणन भइसकेको छ जसमा म्याक्रोले ६५ प्रतिशत भोट पाएका छन् भने उनले आफ्नी प्रतिद्वन्द्वी धुर दक्षिणपन्थी नेता मरील पेनलाई नराम्रोसँग पछारेका छन् ।
ल पेनले ३४ प्रतिशत भोट पाइन् ।
म्याक्रोले देशमा विद्यमान भेदभावपूर्ण शक्तिहरुसँग आफूले लड्ने ता कि युरोपेली संघ र उनका देशवासीबिच सम्पर्क पुनर्स्थापित गर्न सकियोस् भन्दै पहिलो सम्बोधन गरेका छन् ।
उनले चरमपन्थ र जलवायु परिवर्तनको खतरासँग पनि लड्ने बताएका छन् ।
त्यसपछि उनले मध्य पेरिसमा विख्यात लूब्र म्यूजियम बाहिर उत्सव मनाइरहेका समर्थकको र्याली सम्बोधन गर्दै उनको जीत फ्रान्सको इतिहासमा एक नयाँ अध्यायको सुरुवात भएको बताए ।
म्याक्रोले अब नयाँ सरकार बनाउनु छ । यद्यपी, उनको राजनीतिक आन्दोलन एन मार्शाका कुनै पनि निर्वाचित प्रतिनिधी नेशनल एसेम्बलीमा छैनन् ।
जूनमा हुने संसदीय चुनावमा उनी आफ्नो राजनीतिक आधार बनाउने कोसिस गर्नेछन् ।
म्याक्रो दोस्रो विश्वयुद्धपछिको पहिलो यस्ता नेता हुनेछन् जो फ्रान्सको दुई प्रमुख दल – सोसलिष्ट र सेन्टर राइट रिपब्लिकन पार्टीसँग सम्बन्धित छैनन् ।
ल पेनले दिइन् बधाईः
म्याक्रोको समूहका अनुसार ‘नयाँ राष्ट्रपति’ ले विरोधी उम्मेद्वार मरी ल पेनसँग टेलिफोनमा कुराकानी गरे जुन सौहार्दपूर्ण रह्यो ।
एक भाषणमा मरी ल पेनले उनका एक करोड १० लाख मतदातालाई धन्यवाद दिइन् जसले उनलाई मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण