शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

काखमा छोरो, हातमा लिटो : यसरी लियो भाइले दाइको ज्यान

सोमबार, २५ वैशाख २०७४, ०७ : ३४
सोमबार, २५ वैशाख २०७४
हेमराज ढकाल बैशाख २५, भक्तपुर - दश महिनाको दुधे बालकलाई काखमा राखेर सधैं झै सरोज सुवेदी लिटो खुवाउँदै थिए । छोरालाई खेलाउँदै खुवाउदैं गर्दा उनीमाथि एक्कसी खुकुरी प्रहार भयो । उनी ढले । झापा तामुङ्दुवा– ३ घर भई मध्यपुरथिमि नगरपालिका कौशलटारमा बस्ने ३२ वर्षीय सरोजको आफ्नै मामाको छोराको खुकुरी प्रहारबाट हत्या भयो । आइतबार बिहानै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका २६ वर्षीय पारस भन्ने अभिशेक कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । एसबिआई बैकमा काम गर्ने सरोज र अभिशेक नातामा दाजुभाई थिए । तर एउटा भाईले यसरी दाईको हत्या ग¥यो जुन फिल्मी दृश्य भन्दा फरक छैन् । अभिशेकले प्रहरी समक्ष आफुलाई सधै जिस्काउने गरेको, हेप्ने गरेकोले नै सरोजलाई खुकुरी प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् । उक्त दिन सरोजका आमा भवानी र बुवा प्रेम सुवेदी आखाँ जचाउन अस्पताल गएका थिए उनीहरु केही दिनपछि आफन्त भेट्न अमेरीका जाने तयारी गरीरहेका थिए । बाटोमा गयो ज्यान -महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक किरण राणाको अनुसार छोरालाई काखमा लिएर लिटो खुवाउँदै गर्दा सरोजमाथि खुकुरी प्रहार भएको हो । उनको घाँटी, टाउको, हातमा अन्धाधुन्ध खुकुरी हानिएको छ । सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु थियो । प्रहरीका अनुसार, -घरमा सुवेदीका श्रीमती प्रतिक्षा सुवेदी, दश महिनाको बच्चा र काम गर्ने महिला भएकै समयमा (बिहान) आएका कोइरालाले कोठामा रहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरे । -सरोजले अभिशेकलाई आनीबानी ठिक नभएको भन्दै सम्झाउने गर्दथे र कहिले काँही गाली पनि गर्दथे यही नै उनको हत्याको मुख्य कारण देखिएको छ । -खुकुरी प्रहारपछि अभिशेक सरासर घर गए । रगत लागेको कपडा फेरे । झोलामा नागरिकता, पार्सपोट तथा कपडा राखेर बाहिर निस्किए । -हत्या गर्न प्रयोग भएको खुकुरी भने अभिशेकले घर नजिकै जमिनमा गाडेको अवस्थामा फेला परेको छ । -भाग्ने प्रयास गरेका अभिशेकलाई खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप