शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

इम्यानुएल म्याक्रोले राष्ट्रपति पद बाजी मार्नुका पाँच कारण

सोमबार, २५ वैशाख २०७४, ०८ : ००
सोमबार, २५ वैशाख २०७४

बीबीसी

बैशाख २५ – इम्यानुएल म्याक्रोले फ्रान्सको राजनीतिमा भुइँचालो ल्याइदिएका छन् ।

एक वर्ष अघि सम्म फ्रान्सको इतिहासमा सबैभन्दा अलोकप्रिय राष्ट्रपतिको सरकारमा एक मन्त्री इम्यानुएल म्याक्रोले फ्रान्सको राजनीतिमा उथल–पुथल मच्चाएका छन् ।

३९ वर्षको उमेरमा उनी फ्रान्सको मुख्यधारको बामपन्थी र उदारवादी पार्टीलाई पछारेर फ्रान्सको राष्ट्रपति चुनावमा जित हाँसिल गरेका छन् ।

के हो उनको जीतका पाँच प्रमुख कारण ?

१. भाग्यको खेलः

इम्यानुएलले राष्ट्रपतिसम्मको यात्रा यति तीब्र गतिमा पुगेका छन् जसलाई भाग्यको खेल भनिएको छ ।

राष्ट्रपति पदको दौडको सुरुवातमा रिपब्लिकन उम्मेद्वार फ्रान्स्वा फियो विवादमा फसे, सोसलिष्ट उम्मेद्वार बेनवा एमोसँग पनि पार्टीका पारम्परिक मतदाताले रुची देखाएनन् ।

पेरिस आधारित टेरा नोवा संस्थाका मार्क ओलिविएर प्याटिस भन्छन्, ‘उनी निकै भाग्यमानी थिए किनभने उनका अगाडि यस्ता स्थिती तेर्सिए जसको कसैले पनि कल्पना गरेको थिएन ।’

२. चतुराईः

भाग्यमात्र होइन, चतुराई पनि काम लाग्यो ।

उनी सोसलिष्ट पार्टीको उम्मेद्वारका लागि लड्न सक्थे तर उनले यसमा चतुराई गरे । वर्षौंदेखि सत्तामा रहेको पार्टीप्रति मानिसको निराशाका कारण पार्टीको आवाज सजिलै नसुनिने उनले बुझेका थिए ।

प्याडिस भन्छन्, ‘जब कसैले देख्न सकेका थिएनन् उनले आफ्नो लागि एउटा मौका देखे ।’

यद्यपी, युरोपको थुप्रै स्थानमा राजनीतिक आन्दोलन उठे जस्तै स्पेनमा पान्देमान्स, इटालीको फाइभ स्टार मुभमेन्ट । तर यीमध्ये कसैले फ्रान्सजस्तो राजनीतिमा ठूलै भुइँचालो ल्याउन भने सफल भएनन् ।

म्याक्रोले अप्रिल सन् २०१६ मा जनशक्ति आधारित एन मार्शे आन्दोलनको स्थापना गरे र चार महिनापछि फ्रान्स्वा ओलान्दको सरकारबाट राजिनामा दिए ।

३. फ्रान्समा एक नयाँ सुरुवात गरेः

पेरिसमा एक स्वतन्त्र पत्रकार एमिली श्कलथीसका अनुसार अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको सन् २००८ को चुनाव प्रचारसँग प्रेरणा लिँदै म्याक्रोले एन मार्शेको स्थापना गरे ।

उनले सतही स्तरमा काम गर्नका लागि एन मार्शेका कार्यकर्तालाई तीन लाख घरसम्म पठाए ।

यी कार्यकर्ताले घरघर पुगेर पर्चा मात्र बटुलेनन्, देशभरीका २५ हजार विस्तृत (करिब १५ मिनेटको) अन्तर्वार्तामा जम्मा गरे ।

यसको आधारमा तय गरिएको डेटामा चुनाव प्रचारको मुद्दा र नीतिको प्राथमिकता तय गरियो ।

एमिली भन्छिन्, ‘एक निकै नै ठूलो समूह म्याक्रोका लागि पूरै देशको समर्थन जुटाउने कसरतमा थिए । समय हुँदा नै उनको आन्दोलनसँग मानिसहरुको सम्पर्क बनाउने सुनिश्चितताका लागि पनि मानिसहरु लागिपरे । कार्यकर्ता कसरी हरेकको ढोकामा जानेछन् त्यसको तालिम दिइयो ।’

यसको उनले फाइदा उठाए ।

४. सकारात्मक सन्देशः

थुप्रै विरोधाभाषले म्याक्रोको राजनीतिक छवि भरिएको थियो ।

राष्ट्रपति ओलान्दका शिष्य, आर्थिक मन्त्री, पूर्व इन्वेस्टमेन्ट बैंकर जो एक सतही आन्दोलन चलाइरहेका थिए, एक उदारवादी नेता जोसँग सरकारी तन्त्रलाई सही गर्नका लागि एक योजना छ ।

उनकी प्रतिद्वन्द्वी मरी ल पेनले उनलाई ‘समृद्धको उम्मेद्वार’ भनेकी थिइन् ।

तर उनलाई अर्का एक फ्रान्स्वा ओलान्दजस्तो पेश गर्नेहरुलाई म्याक्रोले सफल हुन दिएनन् । उनले आफूलाई एक यस्तो नेताको रुपमा पेश गरे जसलाई परिवर्तनको चाहना राख्ने मानिसहरुले बुझ्न सक्छन् ।

मार्क ओलिविएर प्याडिस भन्छन्, ‘फ्रान्समा आजकाल निकै निराशाजनक स्थिती छ र उनी एक आशा र सकारात्मक सन्देश लिएर आएका छन् । ’

५. उनी मरी ल पेनविरुद्ध उभिएका थिएः

मरी ल पेन नकारात्मकता झल्काइरहेकी थिइन् । उनी आप्रवासी, युरोपेली संघ र सिस्टमविरुद्ध उभिएकी थिइन् ।

म्याक्रोको चुनावी र्यालीको माहौल सकारात्मक थियो । चुनावी कार्यक्रममा चमक–धमक, पप संगीत थियो भने मरी ल पेनको कार्यक्रमविरुद्ध प्रदर्शन भइरहेको थियो, निकै सुरक्षाको बन्दोबस्त थियो र रिसको स्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप