शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ शक्तिमा लागेका मामा माओवादी केन्द्रमै किन फर्किए ?

सोमबार, २५ वैशाख २०७४, ०८ : ३८
सोमबार, २५ वैशाख २०७४
बैशाख २५, काठमाडौं - नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्किएका छन् । सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिए । पोखराको गुरुङ समुदायमा रहेका जीतबहादुर पोखरामा 'मामा' नामले प्रख्यात छन् । युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए । किन छाडे नयाँ शक्ति ? गुरुङका अनुसार, -आफूले आशा गरेका नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादवको पछि लागे । -नयाँ शक्तिले देशको बैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भयो । -प्रचण्ड नेतृत्व सरकारको कामबाट म प्रभावित भएँ । उनले विकास र समृद्धिको नेतृत्व गर्ने क्षमता माओवादीसँग मात्रै भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप