शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो छ उत्तर कोरियाको परमाणु संयत्र, एक प्रत्क्षदर्शीको बयान

सोमबार, २५ वैशाख २०७४, ०८ : ४५
सोमबार, २५ वैशाख २०७४

बीबीसी

बैशाख २५ – अमेरिकी परमाणु वैज्ञानिक सिफ्रिड ह्याकर यस्ता व्यक्ति थिए जसलाई उत्तर कोरियाको परमाणु संयन्त्रको निरिक्षणका लागि आमन्त्रित गरिएको थियो ।

ह्याकरले बीबीसीको एक रेडियो कार्यक्रममा आफ्नो सन् २०१० को यात्रालाई याद गर्दै उत्तर कोरियाको परमाणु कार्यक्रमबारे जानकारी दिए ।

योभन्दा पहिले विश्वका कुनै पनि बाहिरी व्यक्तिले उत्तर कोरियाको परमाणु प्रतिष्ठानलाई यति नजिकबाट देखेका थिएनन् ।

उनको यो यात्राले उत्तर कोरियाको परमाणु कार्यक्रमबारे बाहिरी दुनियाँलाई ब्यापक जानकारी पाएका थिए ।

ह्याकर याद गर्छन्, ‘हामी दोस्रो तल्लामा गएका थियौं र हामीले ढोकाभन्दा मुनी रहेको ठूलो हलमा दुई हजार मेटल सिलिन्डर राखेको देख्यौं जसलाई एक–अर्कासँग जोडिएको थियो । ’

‘ती सिलिन्डर सेन्ट्रिफ्युज थिए जो प्राकृतिक युरेनियमलाई परमाणु बममा प्रयोग हुन लायक बनाउनका लागि प्रयोग गरिन्छ,’ उनले भने ।

ह्याकर भन्छन्, ‘म अचम्ममा थिएँ किनभने मैले यति ठूलो क्षमता भएको प्रतिष्ठान देख्न पाउँछु भनेर सोचेको पनि थिइनँ ।’

ह्याकरले परमाणु प्रतिष्ठानको नियन्त्रण कक्ष पनि देखे जसमा पुरानो जमानाको चार्ट र डायलको ठाउँमा नयाँ प्रविधीको फ्ल्याट स्क्रिन थियो ।

‘स्पष्ट रुपमा भन्नुपर्दा उत्तर कोरियाले संसारलाई यो जानकारी दिन खोजेको थियो हामी प्लूटोनियम बम मात्र होइन अत्यधिक समृद्ध युरेनियम बम पनि बनाउन सक्छौं,’ उनले भने ।

यूरेनियम बमलाई निकै सजिलै र तीब्र रुपमा बनाउन सकिन्छ । सिफ्रिड ह्याकरलाई थाहा थियो कि पुरा कहानी उनले अझै देखेका छैनन् ।

ह्याकर भन्छन्, ‘म यो नतिजामा पुगें कि यो क्षमता यस्तै दोस्रो परमाणु प्रतिष्ठान बिना हाँसिल गर्न सकिन्न ।’

सिफ्रिडको सन् २०१० को यो यात्राले उत्तर कोरियाको परमाणु कार्यक्रम बारे बाहिरी दुनियाँलाई निकै महत्वपूर्ण जानकारी दिए ।

ह्याकर भन्छन्, ‘मभन्दा पहिले कोही बाहिरी व्यक्ति उत्तर कोरियाको परमाणु प्रतिष्ठानमा गएका थिएनन् । यस्तोमा जुन पनि अनुमान उत्तर कोरियाको युरेनियम सम्बर्धनको क्षमता, हतियार बनाउने क्षमताबारे लगाइयो ती सबैलाई आधा घण्टाको यात्राले स्पष्ट पारिदियो ।’

उत्तर कोरियाले केही महिनामा परमाणु र मिसाइल परिक्षण गरेको छ ।

यी परिक्षणपछि एक पटक पुनः कोरियालप् प्रायद्वीपमा तनावको स्थिती पैदा भएको विज्ञ बताउँछन् । थुप्रै विश्लेषकले यसलाई निकै खतरनाक स्थिती मानिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप