शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रामीण सडकमा सामुदायिक वनको लगानी

सोमबार, २५ वैशाख २०७४, ०८ : ४८
सोमबार, २५ वैशाख २०७४
डोटी, २५ वैशाख - सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ । शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ । सडकको लम्बाई करिब साढे तीन किलोमिटर छ । सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गरे । सामुदायिक वनले खोटो, काठपुर्जी आन्तरिक करलगायतका स्रोतमार्फत गरेको आम्दानी सडक निर्माणमा लगाउन लागेको सो सामुदायिक वनका अध्यक्ष भीमबहादुर बोहराले बताए । यसअघि पनि सो सामुदायिक वनले आफ्नो आम्दानीबाट सोही वडामा रहेको भगबती आधारभूत विद्यालयको चार कोठे भवन, दुर्गा भगवती मन्दिर, घटला बाबा मन्दिर र पाँच वटा खानेपानीका न्वाला (कुवा)हरु निर्माण गरिसकेको स्थानीय शिक्षक दीपक बोहराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप