संविधान संशोधन स्वीकार्न सकिदैन : नेता अधिकारी
सोमबार, २५ वैशाख २०७४, ०८ : ५३
पोखरा, २५ वैशाख - नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय अधिकार कटौती हुने गरी आएको संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताएका छन् ।
एमाले रुपा गाउँपालिका–२ थुम्कीमा मतदाताको घरदैलो कार्यक्रमपश्चात् रामबजारमा आइतबार आयोजित कोणसभामा बोल्दै उनले मुलुक र जनताको संवैधानिक अधिकारको रक्षाका लागि एमाले निरन्तर लाग्ने बताए ।
नेकपा एमाले रुपा गाउँपालिका प्रमुखका उम्मेदवार नवराज ओझाले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
मतदाता शिक्षासहितको सो वडाको पानीबन्डा, डाँडापारि, तल्लोथर, सिर्कुतान, माझकोट, पेलुङगा, मूलपधेराका स्थानमा भएको घरदैलो कार्यक्रममा गाउँपालिका उपप्रमुखका उम्मेदवार लाल सुब्बा गुरुङलगायतका उम्मेदवार सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण