भरतपुरमा इनार सुके : पानीको हाहाकार
सोमबार, २५ वैशाख २०७४, ०९ : २८
गौशाला, २५ वैशाख - खानेपानीका लागि एकमात्र उपाय इनार रहेको महोत्तरीको भरतपुरमा ५० भन्दा बढी इनार सुकेको छ ।
भौगोलिक दृष्टिकोणले विकट मानिएको त्यहाँ गर्मीयाम आउनासाथ पानीको सतह घटेर धेरै तल गइसकेर भरतपुरमा रहेका १०० वटा इनारमध्ये ५०-६० वटा इनार पूर्णरुपमा सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लाग्न थालेको स्थानीय स्वयम्सेविका सावित्री चौधरीले बतए ।
केही दिनदेखिको चर्को घाम र प्रचण्ड गर्मीका कारण जिल्लाको उत्तरवर्ती क्षेत्रमा अवस्थित त्यस गाउँको ५०-६० वटा इनार सुकिसकेपछि त्यहाँ पानीको हाहाकार रहेको पूर्व गाविस अध्यक्ष गङ्गाप्रसाद महतोले बताए ।
त्यस गाउँका ५०-६० वटा इनार एकैचोटी सुकिदिँदा त्यहाँ खानेपानीको विकराल समस्या उत्पन्न भएको र ती इनारबाट एक गाग्री पानी पनि निस्किने अवस्था नरहेको स्थानीय जीवछ महतोले बताए ।
पानीको हाहाकार मचेपछि त्यहाँका प्रत्येक परिवारबाट एकजना सदस्यले विगत १५-२० दिनदेखि दिनभरि खानेपानीको जोहोमा छिमेकी गाउँ र नदी नालामा जानुपरेको स्थानीय बताउँछन् ।
उनीहरुका अनुसार त्यहाँको कुनै पनि इनारमा पानी छैन र एक गाग्री पानीको लागि छिमेकी गाउँ वा समूह बनाएर नजिकको सहर बजारबाट पानी किनेर ल्याउनुपरेको छ ।
पानीको अभावमा त्यस गाउँका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई-तीन पटक मात्रै गर्ने गरेको पूर्व गाविस सचिव महेश्वर महतोले बताए ।
त्यस गाउँमा छिमेकका पाँचवटा गाउँ मिलेर धेरै पहिले जडान गराइएका दुई वटा डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयलाई पानीको जोहोका लागि छिमेकी जिल्ला सर्लाहीको सहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाउँका नदी नाला र इनारमा जानुपर्ने बाध्यता रहेको पूर्व गाविस सचिव महतोले बताए ।
यस क्षेत्रका किसाननगर, बिजलपुरा, हात्तीलेट, लक्ष्मीनियाँ, बेलगाछी, पशुपतिनगर तथा बर्दिवास र गौशाला नगरपालिकासहितका स्थानमा पनि खानेपानीको हाहाकार भएको स्थानीय बासिन्दा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण