शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी सुविधा नलिने उम्मेदवारको प्रतिबद्धता

सोमबार, २५ वैशाख २०७४, ०९ : ३२
सोमबार, २५ वैशाख २०७४
म्याग्दी, २५ वैशाख - स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । बेनी नगरपालिकामा काँग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेका हुन् । काँग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन् । “यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन” उनले भने । नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत हुन् । यस्तै, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार क्या पुनले भने, “प्रमुख पदका लागि कस्तो र कति सरकारी सुविधा निर्धारण गरेको छ, मलाई थाहा छैन । तर, जे–जति पाउँछु त्यो सबै वृद्धवृद्धाको सुविधामा खर्च गर्नेछु ।” अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलवीर राम्जाली चुनावी मैदानमा छन् । त्यसैगरी रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका प्रत्यासी भवबहादुर भण्डारीले पनि मतदातामाझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप