विप्लव नेतृत्वको पार्टीका कार्यकता धमाधम पक्राउ
बनेपा, २५ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकतामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ । आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
दुवै जना नेकपा, काभ्रेपलाञ्चोकको जिल्ला सदस्य हुन् । यसअघि शुक्रबार मात्रै दुई कार्यकर्तालाई मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो ।
जिल्लामा करिब १०० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखिएको प्रनाउ राईले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ
। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण