सान फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो
सान फ्रान्सिस्को, २५ वैशाख । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनाइएको छ ।
प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटन दूत अनिल पाण्डेले गरेका थिए ।
कार्यक्रममा लुम्बिनी विश्वबिधालयबाट आउनु भएका प्राध्यापक चूडामणि शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो । प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालिक शान्ति र समृद्धिको राजमार्ग भएको बताए। अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए ।
योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानव प्रति श्रद्धा प्रकट गरे ।
कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देविराम पराजुली (भोके) लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण