शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौ र ललितपुरमा राप्रपाको चुनावी अभियान तीव्र

सोमबार, २५ वैशाख २०७४, १० : ५४
सोमबार, २५ वैशाख २०७४

काठमाडौ, बैशाख २५ – काठमाडौ र ललितपुर महानगरमा एमालेसँग तालमेल गरेर स्थानीय चुनावमा लागेको राप्रपाले आफ्नो चुनावी अभियान तीव्र पारेको छ । राप्रपाका उमेदवारहरु साधन र श्रोतको अभावमै पनि उत्साहित भएर चुनावी अभियानमा खटिएको बताउँछन् । यसपटकको निर्वाचनमा पार्टीका बहुसंख्यक उमेदवारहरु जितको अवस्थामा रहेको बताउँछन् । राप्रपाले काठमाडौं महानगरपालिका र ललितपर महानगरपालिकामा एमालेसंग तालमेल गरिरहेको छ । तालमेल अनुसार काठमाडौं महानगरपालिका उपमेयरमा राजाराम श्रेष्ठ र ललितपुर महानगरपालिकामा बाबुकाजी प्रधानलाई उममेयरको उमेदवार बनाएको छ । श्रेष्ठ काठमाडौंका पूर्व मेयर हुन भने प्रधान विगतमा जिल्ला विकास समिति ललितपुरको उपसभापति निर्वाचित भईसकेका व्यक्ति हुन् । ललितपुरका प्रधानजस्तै काठमाण्डौंका पुर्वमेयर श्रेष्ठ पनि यसपटक जित्ने आत्मविश्वासमा छन् । जनस्तरमा चुनाव प्रचारका क्रममा टोल टोलमा पुग्दा स्थानियबासीबाट पाएको स्वागतले राप्रपालाई राजधानीबासीले स्वागत गरिरहेको आफुले विश्वास गरेको श्रेष्ठको भनाई छ । पार्टी एककिकरणपछि पहिलेको स्थितीमा ठूलो परिवर्तन आएको काठमाडौं उपमेयरका प्रत्यसी श्रेष्ठको भनाई छ । उनी भन्छन् –‘मतदाताले यसपटक विगत दुई दशकयताको राजनितिक अवस्थाको विश्लेषण गर्दै मतदान गर्नेस्थिती छ भने दुई राप्रपाको एकीकरण र एमालेसंगको तालमेलका कारण चुनावी परिणाम अप्रत्यासित हुनेछ । तालमेलको सकारात्मक असर महानगर वाहिरका नगरपालिकाहरुमा पनि परेको छ ।’ राप्रपाले महानगरवाहिर दक्षिणकाली नगरपालिकाको मेयरमा सुर्दशन पन्त, किर्तिपुर नगरपालिकामा बच्चुराम श्रेष्ठ , शंखरापुरा नगरपालिकाको मेयरमा मिजेन्द्रकाजी श्रेष्ठ, कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा शंभू बहादुर थापा, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा सानुकान्छा श्रेष्ठ लाई मेयरको उमेदवार बनाएको छ । शंखरापुराका श्रेष्ठ विकास निर्माण चाहने जनताले आफुहरुलाई मतदान गर्ने बताउँछन् । त्यस्तै टोखा नगरपालिकाको मेयरमा रुपा डंगोल ,तारकेश्वर नगरपालिकाको मेयरमा राज कुमार थापा,नागार्जुन नगरपालिकाको मेयरमा उद्धव थापा,चन्दागिरी नगरपालिकाको मेयरमा मदन थापा मगरलाई मेयरको उमेदवार बनाएको छ । गाई निर्वाचन चिन्ह भएकालेले राप्रपालाई अहिलेपनि हिन्दूवादी पार्टीका रुपमा बुझ्ने धेरै छन् । तर राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उदारवादको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली, प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात र संचारको विकास गर्ने तथा साना जलबिद्युतमार्फत उज्यालो गाउँ र योजनाबद्ध शहरी बिकासमा जोड दिएको छ । ललितपुर मागरपालिका उपमेयर उमेदवार प्रधान भन्छन्–‘ हामीले राष्ट्रियस्तरका दीर्घकालीन र स्थानिय एजेण्डा उठाउँदै तालमेल गरेकाले जित निश्चित छ । साँसदको निर्वाचनको तुलनामा खर्च बढी भईरहेको प्रधानको भनाई छ । नागार्जुन नगरपालिकाको मेयर पदका उमेदवार थापाले साधन र श्रोत कमी नै रहेको भएपनि स्थानियस्तरमा पाएको सवगतले आफुहरु उत्साहित भएकोले खासै असर नपार्ने बताउँछन् । ललितपुरको गोदावरी नगरपालिका गोदावरी नगरपालिका मेयर कृष्ण देसार आफु विजयी भएमा सडकको विकासलाई नै पहिलो प्राथमिकतामा राख्ने, ढुंगा तथा बालुवाखानीलाई मापदण्डभित्र ल्याउने ,गोदावरी, टीकाभैरव, सन्तानेश्वर, तिलेश्वर, मनकामना, वज्रबाराही, कटुवाललगायत धार्मिक क्षेत्रका मठमन्दिरको संरक्षण गर्ने बताउँछन् । महालक्ष्मी नगरपालिका राप्रपा उमेदवार आनन्द अधिकारी पार्टीको घोषणापत्र अनुसार नगरहरुलाई सांस्कृतिक र पर्यटकीय नगरका रूपमा विकास गरी लुभु, सानोगाउँ जस्ता ऐतिहासिक नेवारवस्तीहरुको विकास गर्ने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप