शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिले पत्रकार, अहिले माडी नगरपालिकाको उप–प्रमुखका प्रत्यासी

सोमबार, २५ वैशाख २०७४, ११ : २७
सोमबार, २५ वैशाख २०७४

चितवन, बैशाख २५– चितवनको माडी नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा उम्मेदवार बनेका उम्मेदवारहरुमध्ये माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी सरिता महतो ‘अपेक्षा’ अन्यको तुलनामा अलि बढि चर्चामा छन् । उनी चर्चामा आउनुको कारण हो उनको पारिवारिक पृष्ठभुमि र पेशा ।

विगत पाँच बर्षदेखि रेडियो माडीको सञ्चारकर्मीका रुपमा सक्रिय उनलाई नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय निर्वाचनका लागि माडी नगरपालिकाको नगर उप–प्रमुखको उम्मेदवार खडा गरेपछि अहिले उनको चर्चा चुलिएको हो । बिपन्न थारु किसान परिवारमा जन्मिएकी सरिता महतो ‘अपेक्षा’लाई भोक, शोक, सम्झौता अनि अभावबारे राम्ररी थाहा छ । निम्न माध्यमिक तहको अध्ययन भैरवपुर नि.मा.वि. र माध्यमिक तहको अध्ययन शोमेश्वर उच्च मा.वि.मार्फत पुरा गरेकी उनले उच्च तहको अध्ययन माडी क्याम्पसबाट अगाडि बढाएकी हुन् । उम्मेदवार बनेपछि उनले भनिन् –यतिखेर मसंग आफूजस्तै विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने अवसर प्राप्त छ र म यसलाई गुमाउन दिने छैन ।’

पछिल्ला दिनहरुमा पत्रकारितामार्फत सत्यतथ्य सुचना सम्प्रेषण, विकास निर्माण कार्यमा खबरदारी र सामाजिक चेतनाको सक्रिय अभियान सञ्चालन गरिरहेकी उनको उम्मेदवारीले माडीका युवा, आदिवासी, विपन्न, मधेशी, पिछडावर्ग र समग्र महिलाहरुमा उत्साह छाएको देखिएको छ ।

आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने क्रममा उनले माडी विकासका निम्ति प्रतिबद्धताहरु सार्वजनिक गरिन् । अन्य उम्मेदवारहरुले आफ्नो उम्मेदवारी केका लागि भन्नेसम्म जनाउन नसकिरहेको अवस्थामा उनले सार्वजनिक गरेको प्रतिबद्धताहरुका कारण उनी सार्वजनिक चर्चाको बिषय बनेकी छिन् । माडी नगरपालिकाको नगर उप–प्रमुखका अन्य उम्मेदवारहरु जमिन्दार र सम्पन्न परिवारका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदावर खडा भएका शिवमाया भट्टराई र नेकपा एमालेबाट उम्मेदवार बनेकी ताराकाजी महतो दुबैजना आर्थिक रुपमा सम्पन्न ब्यापारी र उद्योगी पृष्ठभूमिका महिला नेतृ हुन् ।

रा.प्र.पा.बाट उपमेयरमा उम्मेदवार उठेकी भीमकुमारी (मीना) महतो सिकारीपुरको जमीनदार थारु परिवारकी बुहारी हुन् । मुख्यतः आदिवासी थारु सम्प्रदायसँगै बिपन्न, मजदुर, पिछडा, मोही किसान र अल्पसङ्ख्यक बर्गले अपेक्षालाई आफ्नो प्रतिनिधिको रुपमा छान्न खोजेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप