साउनको पहिलो सातामै डाक्टर खाते
काठमाडौं, बैशाख २५– चलचित्र ‘डाक्टर खाते’ अब दर्शकमाझ आउने भएको छ । आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो ।
चलचित्र ६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यसलाई काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्ने निर्माता रोशनी केसीले बताईन् ।
चलचित्रमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय थियो ।
सडसका बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भ्विष्यमा डक्टर लगायत विभिन्न सफल पेशामा आउन सक्छन भन्ने सन्देश यो चलचित्रले दिनेछ ।
जगदिश्वर थापाले लेखेको यो चलचित्रलाई रबीराज अर्यालले निर्देशन गरेका हुन् । जसमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन र डब्बु क्षत्रीको ‘कास्टिङ’ रहेको छ ।
आर आर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण