शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईमा बुद्ध जयन्ती भव्य रुपमा मनाइने

सोमबार, २५ वैशाख २०७४, १२ : ३३
सोमबार, २५ वैशाख २०७४
युएई, बैशाख २५ –युएईमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्ती भव्य रुपमा मनाउने तयारी भएको छ । युएईमा रहेका ४५ भन्दा बढि नेपाली संघ सस्था तथा व्यवसायीहरुले संयुक्त रुपमा आगामी शुक्रबार १२ मे मा आबुधाबीको मलायली हलमा आयोजना गर्न लागेको आयोजक समितिका सदस्य गोविन्द ढकालले जानकारी दिए । बौद्ध धर्म प्रबचनकर्ता नुरू शेर्पा र शोनम शेर्पा लामाको उपस्तिथिमा प्रवचन गरिने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानका साथमा युएईमा रहेका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक सुरेन्द्र थिङले जानकारी दिए । शान्तिका अग्रदुत भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने सत्यतालाइ अझ मजबुद गर्दै उनको उपदेशलाई बिश्वभर फैलाउने र नेपालमा पर्यटन प्रवर्द्धनको बिकासमा सहयोग गर्न नेपाल समाज युएई,जनजाती महासघ लगायत अन्य ४५ संघ सस्था, व्यवसायीहरुलेहरुले संयुक्त रुपमा मनाउन लागिएको युएईको पहिलो कार्यक्रम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप