शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस वर्ष दाङ जिल्लामा रासायनिक मलको अभाव नहुने

सोमबार, २५ वैशाख २०७४, ०८ : ५३
सोमबार, २५ वैशाख २०७४

दाङ, २५ वैशाख । दाङ जिल्लामा यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।

बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।

जिल्लामा किसानले मकै र धानखेतीका लागि अहिलेसम्म करिव तीन हजार टन रासायनिक मल किसानले सहकारीमार्फत लगेका छन् ।

सहकारी संस्थाले अहिलेसम्म युरिया र डिएपी गरेर बर्खेखेतीका लागि तीन हजार २७५ दशमलव ७ प्रतिशत मल लगेकामा कृषि सामग्री कम्पनी लिमिटेडबाट दुई हजार १२६ टन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट एक हजार १४७ टन रासायनिक मल वितरण गरिएको जनाइएको छ ।

सहकारी संस्थाको मागअनुसार मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले एक हजार ३३४ दशमलव पाँचटन युरिया, ७६६ दशमलव सातटन डिएपी र २५ दशमलव पाँचटन पोटास वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।

त्यस्तै ४४ दशमलव पाँचटन डिएपी, ७५ टन युरिया र ७७ टन पोटास मौज्दात रहेको उनले बताए । साल्ट टे«डिङको शाखाले दाङसहित राप्तीका सल्यान, रोल्पालगायतका जिल्लामा ६३७ टन युरिया, ४७५ टन डिएपी र ३७ टन पोटास वितरण गरेको शाखा प्रमुख आनन्द न्यौपानेले बताए ।

तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र आजसम्म आउने कृषकले मल पाइराखेकाले यस वर्ष मलको त्यति अभाव नहुने कृषि सामग्री कम्पनीका शाखा प्रुमख तीर्थराज न्यौपानेले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप