शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस काठमाडौं मेयरका उम्मेदवारको यस्तो आयो प्रतिबद्धता पत्र

सोमबार, २५ वैशाख २०७४, १३ : १८
सोमबार, २५ वैशाख २०७४

बैशाख २५, काठमाडौं– काठमाडांंै महानगरपालिकाका नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले धुँवा, धुलोरहित सहर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

काँग्रेस मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर निर्माण गर्ने संकल्प पुरा गर्न आफूहरुलाई विजयी बनाउन पनि सबैमा अपिल गरे ।सोमबार आफूले तयार पारेको प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा बोल्दै मेयरका उम्मेदवार जोशीले स्थानीय उपभोक्ता समितिलाई सक्रिय बनाएर ढल, खानेपानी, सडक बाटोको मर्मत, संहारको काम व्यवस्थित बनाउने प्रतिवद्धता पनि जनाए ।

नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिकालाई हराभरा सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइन् । उनले सम्पदाहरुको संरक्षण गर्ने बचन पनि दिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर जोशी र उपमेयर खड्गीले सार्वजनिक गर्नु भएको प्रतिवद्धता पत्रमा विकासमा जनताको सहभागितालाई सुनिश्चित गर्ने, आधुनिक भौतिक पूर्वाधारको विकास गर्ने, वातावरण संरक्षणका लागि प्रदुषण नियन्त्रण गर्ने, पार्क तथा हरित क्षेत्र निर्माण गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, हाइटेक सिटी निर्माण गर्ने, महानगरबासीको जीवनस्तरमा वृद्धि गर्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप