शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मीसँगै तराई–मधेशमा बढ्यो तरबुजा र काँक्रोको व्यापार

सोमबार, २५ वैशाख २०७४, १३ : २५
सोमबार, २५ वैशाख २०७४

जनकपुरधाम, बैशाख २५–तराई मधेशमा गर्मी बढेसँगै तरबुजा र काँक्रोको व्यापारमा बृद्धि भएको छ । तरबुजा र काँक्रो सेवनले सरिरमा पानीको अभाब हुन बाट कमी ल्याउने गर्दछ भने शरिरमा सितलता प्रदान गर्ने गर्दछ । गर्मी बढेसँगै यो व्यावसायले राम्रो बजार पाएको धनुषास्थित हरिने ५ सोनापडाका किसान सुर्यनारायण यादवले बताए ।

बैशाख, जेष्ठ महिनामा तराई मधेशमा निकै गर्मी हुने भएकोले किसानहरु गर्मीमा धैरै बिक्रीहुने काक्रो, तरबुजा लगाायतका बालीहरु लगाउने गर्दछन् ।

कमला नदिको किनार अथवा बालुवा भएको जमिनमा उब्जने गरेको तरबुजा र काँक्रो धनुषा र सिरहामा मात्रै नभएर तराई मधेशका आधा दर्जन भन्दा बढी जिल्लाहरुमा ब्यवसायिक रुपमा खेति गरिन्छ । सदरमुकाम जनकपुर लगायत जिल्लाका विभिन्न चोकहरुमा एकाबिहानै देखि सतुवा लिएर बस्ने व्यावसायीहरुको संख्यामा पनि त्यतिनै बृद्धी भएको पाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप