स्थानीय निर्वाचनले महिलामा उत्साह जगाए पनि उपप्रमुख र उपाध्यक्षमै सीमित
कालिका खड्का
काठमाडौँ, २५ वैशाख । दोलखाका भीमेश्वर नगरपालिकाका उपपम्खका उम्मेदवार कमला बस्नेत निर्वाचन जित्नेमा निकै आशावादी छिन् ।
“नगरमा पार्टीमा माहोल राम्रो छ, पार्टीले विश्वास गरेर टिकट दिएको छ, म निर्वाचन जित्छु” – चुनावी अभियानमा निकै उत्साहका साथ लागेकी बस्नेतले भनिन् । दुई दशकभन्दा अघिदेखि राजनीतिमा क्रियाशील बस्नेतलाई निर्वाचन जित्छु भन्ने लागेको छ ।
बस्नेतजस्तै निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गर्नुभएका मीरा कुँवर पनि । दुई दशकदेखि सक्रिय रुपमा राजीतिक तथा सामाजिक क्षेत्रमा लाग्नुभएका मीरालाई चुनाव जित्छु भन्ने विश्वास जागेको छ ।
“महिला उत्थानका निम्ति मैले त्यो नगरपालिकामा निकै मेहनत गरेर काम गरेको छु, महिलाको राम्रो सहयोग छ, म चुनाव जित्छु” – दृढ भएर उनले भनिन् ।
निकै लामो समय अर्थात १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ–गाउँमा मात्र हैन सहरमा पनि महिलाहरु निर्वाचनमा उठ्न र जित्न निकै उत्साहित देखिएका छन । विवेकशील नेपाली दलबाट २१ वर्षीया रञ्जु दर्शनाको काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी परेको छ । “काठमाडौँ शहरलाई धुलो धुवाँमुक्त सुन्दर शहर बनाउनका लागि मेरो उम्मेदवारी हो” – दर्शनाको भन्नुहुन्छ । बस्नेत, पाठक, कुँवर र दर्शनाजस्तै धेरै महिला चुनावमा उठेका छन । निर्वाचन जित्छु भन्ने विश्वास पनि उहाँहरुमा त्यतिकै देखिन्छ ।
यही वैशाख ३१ हुने निर्वाचनमा दलहरुबीचको चुनावी गठबन्धनको सिकार महिला नै भएका छन् । उदाहरणको रुपमा काठमाडौँ महानगरलाई नै हेर्न सकिन्छ । नेकपा एमाले र राप्रपाबीचको गठबन्धनमा महिला प्रमुख वा उपप्रमुख दुवैको टिकट पाउनबाट वञ्चित भए । त्यस्तो अवस्था अन्य धेरै ठाउँमा पनि देखिएका छन् ।
शीर्ष दलदेखि धेरै पार्टीले पुरुषलाई नै प्रमुख वा अध्यक्षको उम्मेदवार बनाएका छन् । नगर प्रमुख वा गाउँपालिका अध्यक्ष बनेर नेतृत्व दिनसक्ने क्षमता पुरुपमा जस्तै महिलामा पनि छ । तर महिलालाई उपप्रमुख वा उपाध्यक्षमा सीमित बनाएको देखिँदैछ । पार्टीबीच गठबन्धन भएको स्थानमा महिलालाई प्राथमिकतामा पारिएको छैन ।
पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेको भरतपुर नगरपालिकाको प्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट रेणु दाहालले टिकट पाएकी छिन् । अन्य महानगरपालिकामा प्रमुख ठूला दलका पुरुषबाटै प्रमुखमा उम्मेदवारी दिन लगाइएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज सावित्री भुसालले भनिन्, “स्थानीय तह नेतृत्व विकास गर्ने पहिलो स्थान भएकाले जतिसक्दो धेरै महिलालाई उठाउने सोच पार्टीको भएपनि गठबन्धन गर्दा कतिपय महिला नै उम्मेदवार बन्ने अवसरबाट वञ्चित हुनपरेको छ । स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत हुनुपर्ने प्रावधानले गर्दा महिलाहरु अधिक महिला यस पटक चुनावी मैदानमा देखिएका हुन् ।
नेकपा माओवादी केन्द्रका शशी श्रेष्ठले भनिन्, “महिला इमान्दार हुन्छन् । अवसर र जिम्मेवारी पाएको खण्डमा महिलाले मुलुकको विकास निर्माणमा ठूलो योगदान पु¥याउन सक्छन् । त्यसका लागि पनि महिलाको उम्मेदवारी बढी नै जरुरी छ ।” नेपाली काँग्रेस नेपाल महिला सङ्घका महासचिव नेत्री धना खतिवडाले महिलाहरु निकै आँटिलो भएर जोश जाँगरका साथ निर्वाचनमा होमिएकाले उनीहरुलाई जिताउन सबै महिला एक हुनुपर्ने बताउँछिन् ।
महिला पुरुष सरह उन्मुक्त भएर चुनाव प्रचारमा लाग्न सक्दैनन् । महिलाको जिम्मेवारी घरभित्र पनि उत्तिकै हुन्छ । चाहे जति पैसा खर्च गर्ने हैसियत पनि उनीहरु राख्दैनन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार पहिलो चरणमा ३४ जिल्लाको चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका, १८३ गाउँपालिका गरी २८३ स्थानीय तह
को निर्वाचन हुन गइरहेको छ । कुल १५ हजार ९३७ वडा सदस्यमध्ये महिला सदस्य सातहजार ९३६ र दलित महिला सदस्य छ हजार ५८९ ले मनोनयन दर्ता गराएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण