प्रिमियम सहित अत्याधुनिक सुविधाको मोबाइल एप बजारमा
सोमबार, २५ वैशाख २०७४, १४ : ५७
काठमाडौं, वैशाख २५–नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो ।
कम्पनीका अनुसार यस एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचना उपलब्ध छन् । साथै, कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ ।
सेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध छ । नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पुँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने भएका छन् । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइएको छ ।
एपले सेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने अनि प्रयोगकर्तामैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अरु एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोड प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए । एप अहिले एन्ड्रोइडमा मात्र उपलब्ध भए पनि निकट भविष्यमै आइओएसमा पनि आउने कम्पनीको भनाई छ । औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो एप तीन हजार भन्दा बढी डाउनलोड भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण