पुँजी वजार उक्लियोः ५७ करोडको कारोवार
काठमाडौं, वैशाख २५–नेपालको पुँजी बजार सोमबार सकारात्मक ढंगले उचालिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको वजार आज भने ८ दशमलव ३२ अंकले बढेको हो । स्थानिय निकायको निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा वजार उचालिनुलाई सकारात्मक रुपमा लिइएको छ । यद्यपी, साताको पहिलो दिन भने दोहोरो अंकले वजार ओर्लिदा लगानीकर्तामा निराशा छाएको अनुमान लगाइएको थियो । सोमबार एक सय ४२ कम्पनीको ९ लाख २२ हजार २ सय ६१ कित्ता सेयर खरिदविक्रि भएको छ । यो सेयर खरिद विक्रिवाट ५७ करोड २५ लाख एक हजार एक सय ३९ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज वजार एक हजार ६ सय ३७ दशमलव ३० अंकमा पुगेर अडिएको छ । बैकिङ समूहको सूचक ७.७१ अंकले वढेको आज होटल समूहको सूचक ६१.३२, विकास बैंक ११.७ र जलविद्युत समूहको सूचक १२ अंकले वढेको छ । यस्तै, वित्त समूहको सूचक ५.३९, बीमा समूहको सूचक ३८.१७ अंकले वढेपनि अन्य समूहको सूचक भने ०.८७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण