शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो

सोमबार, २५ वैशाख २०७४, ०८ : ३६
सोमबार, २५ वैशाख २०७४

काठमाडौँ, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ ।

निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ ।

बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरुले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।

बागबजारका सक्सेस आर्टका सञ्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताए । उनले अहिले परिवारका अन्य सदस्यसहित २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको जानकारी गराए ।

“एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउँछौँ” – उनले भने । उनले अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेका जानकारी गराए ।

यस्तै बागबजारकै निवेश आर्टका सञ्चालक श्याम रञ्जीतकारले दैनिक दुई÷तीन सय झन्डा बनाउने गरेको बताए । उनले सबै पार्टीहरु झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको बताए।

एउटा झन्डाको रु २५ देखि ११०, टिसर्टको २५०, टोपीको रु ५० देखि २५० मूल्य पर्ने गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप