कांग्रेस मर्यादित न्यायपालिकाको पक्षमा
काठमाडौं, बैशाख २५–नेपाली काँग्रेसले मर्यादित न्यायपालिकाको पक्षमा आफ्नो पार्टी दृढ रहेको जनाएको छ । काँग्रेस नेता रमेश लेखकले आफ्नो सीमा, क्षेत्र र मर्यादा विपरित चलेकाले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव लगाउनु परेको दावी समेत गरे ।
स्थानीय तहको निर्वाचनमा पार्टीका पछिल्ला गतिविधिबारे जानकारी दिन सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिका संसदको क्षेत्राधिकार मिच्ने काम गर्न नहुनेमा सचेत रहेको पनि स्पष्ट पारे । नेता लेखकले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्तावको विषयमा पार्टीेले संविधानसम्मत ढंगले निर्णय लिने पनि उल्लेख गरे । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका संसदलाई आ–आफना सिमा, क्षेत्र र मर्यादा भित्र चल्नुपर्छ भन्ने मान्यता राख्दै आएको पार्टी भएको दावी पनि गरे । नेता लेखकले काँग्रेसले सात दशक लामो विधिको शासनका लागि लड्दै आएको दावी समेत गरे ।
नेपाली काँग्रेसले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न आफनो पार्टी केन्द्रित रहेको पनि जनाएको छ । पार्टीले चुनाव प्रचार प्रसारका लागि परिचालन गरिएका गाडीहरुमा आगजनी, तोडफोड र क्षति भएको उल्लेख गर्दै त्यस्ता गतिविधिका कारण पार्टी विचलित नहुने पनि स्पष्ट पारेको
नेपाली काँग्रेसले निर्वाचनका लागि आवश्यक मतदाता शिक्षा कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण