शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रसाद लामिछानेको यो मन बन्छ पागल’ सार्वजनिक (भिडियोसहित)

सोमबार, २५ वैशाख २०७४, १७ : ५६
सोमबार, २५ वैशाख २०७४
काठमाडौं -प्रायः लोकदोहोरी गीतहरु गाइरहने सर्जक प्रसाद लामिछानेको नयाँ गीति एल्बम बजारमा आएको छ । ‘यो मन बन्छ पागल’ बोलको गीत बजारमा आएको हो । अत्यन्तै मार्मिक शब्द लेख्न सिपालु लामिछानेले यो गीतमा आफैंले मोडलिङ गरेका छन् । गीतमा हरेक दर्शक श्रोताको आँखा रसाउने शब्द अनि त्यस्तै मिठो लय प्रस्तुत गरेका छन् । गीतको भिडियोमा सर्जक लामिछाने र कमलाले अभिनय गरेका छन् । गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ भने सुजन शाहीले सम्पादन गरेका छन् । प्रसाद डिजिटल म्यूजिकले बजार व्यवस्थापन गर्ने यस गीतलाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा डयो फाइनल गरेको लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप