शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोटीमा चट्याङ लाग्दा ४ जना घाइते

सोमबार, २५ वैशाख २०७४, १८ : ३१
सोमबार, २५ वैशाख २०७४
कर्ण चन्द बैशाख, डोटी २५– डोटीको बोगटान गाउँपालिका वडा नम्बर ५ धिर्कामाण्डौंमा चट्याङ लाग्दा ४ जना घाइते भएका छन् । धिर्कामाण्डौं डुमरीका जबनसिंह दमाईको घरमा परेको चट्याङले ५७ वर्षीया मालिक जबन सिंह दमाई उनका ३ छोरीहरु ८ वर्षीय पुनी, ५ वर्षीय बेलु र ११ वर्षीय ज्योति घाइते भएको स्थानीय देबबहादुर बोहराले जानकारी दिए । दिउँसो साढे २ बजेतिर परेको चट्याङका कारण घर पूर्णरुपमा ध्वस्त भएको छ । घरमा रहेको एक चौपाया समेत मरेको बोहराले जानकारी दिए । चट्याङ लाग्दा ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । छोरीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । मौसममा भएको प्रतिकुलताका कारणले घाइतेको उपचार गर्न स्वास्थ्यसंस्थामा लैजान समस्या भएका कारण धिर्कामाण्डौं उप–स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी घाइतेको घरमै पुगेर उपचार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप