शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुडान द्धन्द्धले सङ्ख्या १० लाख बढी बालबालिका भागेर शरणार्थी बन्न बाध्य

सोमबार, २५ वैशाख २०७४, १८ : ४२
सोमबार, २५ वैशाख २०७४
नाइरोबी, वैशाख २५ – दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । त्यसगरी यस द्वन्द्वको कारण १४ बालबालिका देशभित्र नै घरवारबिहीन भएका संयुक्त राष्ट्र सङ्घले सोमबार जानकारी दिएको छ । दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, उगान्डा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२ प्रतिशत बालबालिका रहेका संयुक्त राष्ट्र सङ्घीय बालबालिकाको निकाय युनिसेफ र शरणार्थी निकाय युएनएचसिआरले गरेको संयुक्त प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । त्यसगरी १४ लाख बालबालिकाले देशभित्र रहेका शरणार्थी शिविरमा बसिरहेका जनाइएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडानमा दुई वर्षपछि नै द्वन्द्व सुरु भएको थियो । त्यहाँका राष्ट्रपति साल्भा किइर र उनकै पूर्व उपराष्ट्रपति रिएक मचारका समर्थकबीच द्वन्द्व सुरु भएको थियो । जारी यस द्वन्द्वमा परी हजारौं व्यक्तिको मृत्यु भएको छ । जसमा एक हजार भन्दा बढी बालबालिका रहेका छन् । रासस ÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप