शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्सी खाएर होहल्ला गर्ने हवल्दारसहित आठ प्रहरी प्रहरी निलम्बित

सोमबार, २५ वैशाख २०७४, १९ : २६
सोमबार, २५ वैशाख २०७४
धादिङ, वैशाख २५– स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सोमवार प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ । स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताए । स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप