शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुक्तिनाथमा ८४ करोड दीप प्रज्वलन गरिने

सोमबार, २५ वैशाख २०७४, १९ : ५०
सोमबार, २५ वैशाख २०७४
काठमाडौं, वैशाख २५– प्रथम पटक नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा करोड दीप प्रज्वलन गरिने भएको छ । धाममा पहिलो पटक ८४ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको स्वामी केशवाचार्यले बताए । लक्ष्मीनारायण मन्दिर तुलसीपुरका उत्तराधिकारीसमेत रहेका धर्मगुरु केशवाचार्यले पहिलो पटक गर्न लागिएका दीप प्रज्वलन कार्यमा सहभगी हुन देशभरका सबै श्रद्धालु भक्तजनलाई आह्वान गरेका छन् । देशमा शान्ति तथा पितृमोक्षका लागि एक हजार आठ कर्ताबाट दीप प्रज्वलन गर्ने उनले बताए । जेठ २० गतेदेखि २७ गतेसम्म हुने उक्त कार्यक्रममा नेपालसहित भारतबाट समेत धर्मगुरुहरुलाई आमन्त्रण गरिने उनले बताए । उक्त स्थलमा दीप प्रज्वलन गराउन चाहनेहरुले बत्तिसहित मन्दिरमा सम्पर्क गर्नसमेत मन्दिरका अध्यक्ष मधुसुदनाचार्यले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप