शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कार्यकारी अधिकारको रक्षार्थ महाअभियोग’

सोमबार, २५ वैशाख २०७४, २० : १९
सोमबार, २५ वैशाख २०७४
भक्तपुर, वैशाख २५ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यकारी अधिकारको सुनिश्चितताका लागि प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याइएको बताएका छन् । काँग्रेस चाँगुनारायण नगरस्तरीय चुनाव प्रचार समितिको आयोजनामा आज खरिपाटीमा आयोजित आमसभामा उनले ‘न्यायपालिकाले कार्यपालिकाको कार्यकारी अधिकार कुण्ठित हुने गरी निर्णय गर्न थालेको जनाउँदै सोही कारण महाभियोग लगाउनुपरेको प्रस्ट पारे। जनताले मुलुकको समृद्धि, शान्ति र विकासका लागि विगतमा सङ्घर्ष गरेको र सो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि रक्षाका लागि काँग्रेस नेतृत्वको विकल्प नभएको नेता सिटौलाको भनाइ थियो । चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार राजाराम खड्काले नगरको साधन स्रोतको उचित व्यवस्थापन गरी अधिकतम उपयोग गरिने र उपलब्ध साधन स्रोतको उपयोगबाट समृद्ध नगर बनाइने योजना रहेको बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप