बूढेसकालमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै
बुधबार, २७ वैशाख २०७४, १० : १८
रामपुर पाल्पा - सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुगे तर उनको जोसजाँगर युवा अवस्थाको जस्तै छ ।
यो उमेरमा पनि उहाँ कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्छन् । बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म नदी किनारमा दिनमा ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताए ।
प्रतिबोरा रु ६० मा नदी किनारबाटै बिक्री भइरहेको छ । अर्की वृद्वा ७७ वर्षीया मती कुमाललाई पनि गिट्टी नकुटेसम्म जीवनगुजारा गर्न सहज छैन । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताए । नदी किनारमा घनले गिट्टी कुट्दै गरेकी कुमाल भन्छ्,ि “गिट्टी कुटेर एक महिनामा रु १० हजार देखि १२ हजार सम्म कमाई गर्छु”—“छोरा बुहारीसँग दुईचार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग परनिर्भर हुनु परेको छैन”, उनीले भने ।
साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आउनुभएको छ । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो नभएको बताउँछन् ।
“दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा रु १५ हजार जति आम्दानी हुन्छ”—“साँझ–बिहानको काम सकेर दिनभर गिट्टी कुट्यो, साँभm पैसा बुझ्यो, घर गयो”, उनले भने । आफुले गिट्टी कुट्न थालेपछि श्रीमान्ले भारतमा कमाएको पैसा बचत गरेको उनले बताए ।
तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुङ्गा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसी बसी गिट्टी कुटेर एक महिनामा रु २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताए ।
गाउँघरमा मेलापात गरेर दिनमा रु २०० देखि ३०० बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर रु ५०० देखि रु एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुन बताउछन् ।
रामघाट नदी किनारमा झन्डै १५० भन्दा बढीले व्यावसायिक रुपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठूलाठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रुपमा गिट्टी कुट्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण