नवलपरासीमा चुनाव प्रचार गर्न फरक शैली
बुधबार, २७ वैशाख २०७४, १० : २८
परासी,बैशाख २७– चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा फरक शैली प्रयोग गरिएको छ । कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल र उपमेयर पदका उम्मेदवार खगिसरा गुरुङ्गको चुनावी प्रचार प्रसारमा स्ट्याचु बनाई प्रचार भैरहेको छ ।
पिकप भ्यानमा दुईटै उम्मेदवारको हात जोडर उभिएको स्ट्याचु बनाई, साइडमा चुनाव चिन्ह रुख र नेपाली कांग्रेसको झण्डा राखिएको छ ।
गाडीमा प्रयोग गरिएको साउण्डमा रेकर्डेड विज्ञापन ‘‘लौ महेन्द्र र खगिसरा आयो तिम्रो घर आँगनमा यसलाई मत दिएर जिताउ” जस्ता रेकर्डेड जिंगल बजाउदै कार्यकर्ताहरुले गाउँ गाउँमा प्रचार प्रचार गरिरहेका छन् ।
यो शैलीको प्रचार नवलपरासीमा अन्य कुनै उम्मेदवारले गरेको पाइएको छैन । त्यस्तै कांग्रेसका कार्यकर्ताहरुले झण्डा जिउमा ओढेर र झण्डाकै टोपी लगाएर मोटरसाईकल ¥याली गर्ने गरेको पाइएको छ । ए
मालेका कार्यकर्ताहरुले आफनो उम्मेदवार जिताउन ईरिक्सामा साउण्डबस्क राखी नाचगान गर्दै घरदैलो गरेका छन् भने माओबादी लगायतका अरु दलहरुले पिकप र भ्यानहरुमा चुनावी गित घन्काउदै प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानिय तहको निर्वाचनलाई धाँधलीरहित बनाउन सुरक्षा व्यवस्था कडा पारेको छ । चोकचोक गाउँगाउँमा म्यादी प्रहरीदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइ सकेको छ भने नेपाली सेनाको गस्ती टोली परिचालन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण