नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
वासिङ्टन डि.सी, बैशाख २७ –नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाहरुले वासिङ्टन डीसी महानगर क्षेत्रमा मे ५,६ र ७ मा आयोजना गरेको पहिलो नेपाल अमेरिका अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ ।
नेपाली दुतावास वासिङ्टन डिसीका मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलीसी र स्थानीय संघ संस्थाका नेतृत्वहरुले क्यानभासमा सयुक्त हस्ताक्षर गरेर रेड कार्पेटसहित महोत्सवको उद्घाटन गरेका थिए । दीपक रौनियारद्धारा निर्देशित अन्तराष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘सेतो सुर्य’ पनि प्रदर्शन गरिएको थियो । महोत्सव अवधिमा नेपाल पानोरामा,अन्तर्राष्ट्रिय सिनेमा,फर्केर हेर्दा नेपाली सिनेमा र साइडबार गरी नेपाल, अमेरिका र दक्षिण एसियाका २० वटा चलचित्र प्रदर्शन गरिएका थिए । प्रतिष्पर्धामा उत्कृष्ट चलचित्रहरुमा कथातर्फ राजन कठेतद्धारा निर्दे्शित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टीतर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, शर्ट फिल्मतर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण