युवतीद्वारा आत्महत्याको प्रयास
बुधबार, २७ वैशाख २०७४, १० : ४५
बारा, वैशाख २७ –बाराको कोल्भी नगरपालिका वडानम्बर ७ निवासी दर्पण माझीकी १८ वर्षिया छोरी सिमा कुमारीले गएराति धारीलो हतियारले घाटि रेटेर आत्महत्या प्रयास गरेकी छिन् ।
राति एकबजे गम्भिर अवस्थामा भेटिएकी सिमालाई उपचारका लागि वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल ल्याईएको छ । उनको श्वास नलि काटिएकोले अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सक डा. चित्रन्जन साहले जानकारी दिए ।
प्रेम सम्बन्धमा उत्पन्न पारिवारिक विवादका कारण सिमाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले बताएको छ । सिमाको प्रेमी बुधन चौधरीले समेत आत्महत्या प्रयास गरेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण