शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

संसदमा स्तनपान गराउँदै सांसदले रचिन् इतिहास

बुधबार, २७ वैशाख २०७४, १० : ५७
बुधबार, २७ वैशाख २०७४

एजेन्सी

सिड्नी, वैशाख २७ – अस्ट्रेलियाली सिनेटर लरिसा वाटर्स राष्ट्रको संसदमा स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनेकी छिन् ।

ग्रिनपार्टीकी सदस्य रहेकी वाटर्सले मंगलबार आफ्नो दुई महिनाकी छोरी आलिया जोयलाई स्तनपान गराएकी थिइन् ।

गत वर्ष तल्लो सदन र सिनेटले महिला सांसदहरुलाई संसद भवनमा नै स्तनपान गराउन पाउने अनुमति दिएको थियो । तर, हालसम्म यसलाई कसैले प्रयोग गरेका थिएनन् ।

सन् २०१५ मा मन्त्री रहेकी केली ओ डायरलाई संसदीय कृयाकलापबाट बञ्चित नहुन आफ्नो बच्चालाई बोतलमा दुध भरेर खुवाउन सुझाव दिइएपछि त्यसको ठूलो आलोचना भएको थियो ।

‘संसदमा अझै धेरै महिला र अभिभावक चाहिएको छ,’ वाटर्सले फेसबुकमा लेखेकी छिन् ।

उनले सबैका लागि पारिवारिक र लचिलो वातावरण भएको काम गर्ने ठाउँ आवश्यक रहेको कुरा औँल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप