नयाँ सरकार गठनमा आयोगको हस्तक्षेप हुन्न, बजेट ल्याउन पनि मिल्छः प्रमुख निर्वाचन आयुक्त
बुधबार, २७ वैशाख २०७४, ११ : ०१
काठमाडौं, बैशाख २७– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले चुनावको बीचमा नयाँ सरकार गठन गर्न मिल्ने बताएका छन् । उनले सरकार गठनमा आयोगको कुनै हस्तक्षेप नहुने र त्यो आफूहरुको क्षेत्राधिकारको विषय पनि नभएको बताए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले भने, ‘हामीले सरकार गठनमा हस्तक्षेप ग¥यौं भने चुनाव गराउनु पर्ने मुल कामबाट विमुख पनि हुन सक्छौं ।’ बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चलिरहेको बेला यादवबाट यस्तो धारणा आएको हो ।
उनले सरकारले जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै त्यसमा पनि आयोगले नरोक्ने बताए । तर मतदातालाई प्रभावित पार्ने गरी भने बजेटमा कार्यक्रमहरु समावेश गर्न नपाइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण