वायुप्रदुषणले खतरामा बुद्धको जन्मभूमि : वैज्ञानिक
बिबिसी
भैरहवा, वैशाख २७ – बढ्दो वायुप्रदुषणका कारण गौतम बुद्धको जन्मभूमि उच्च जोखिममा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
देशका पाँच स्थानबाट वायुको स्तरबारे संकल्न गरिएको तथ्यांकले लुम्बिनीमा प्रदुषण उच्च रहेको देखाएको हो ।
ऐतिहासिक क्षेत्र नजिकै व्यापक औधोकिकरण भइरहँदा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् ।
जनवरीमा लुम्बनीको फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) १७३.०३५ माइक्रोग्राम प्रति क्युविक मिटर मापन गरिएको थियो ।
जबकी सबैभन्दा प्रदुषण भएको भनिएको काठमाडौँमा यो १०८.८२ तथा चितवनमा ११३.३२ मापन गरिएको थियो ।
विश्व स्वास्थ्य संस्थाले २५ माइक्रोग्राम प्रति क्युविक मिटरलाई सुरक्षित मानेको छ भने नेपाल सरकारले यसलाई ४० माइक्रोग्राम प्रति क्युविक मिटर मापदण्ड तोकेको छ ।
लुम्बिनी आसपासका क्षेत्रमा सिमेन्ट फ्याक्ट्रीहरु रहेको र त्यसको प्रत्यक्ष असर ऐतिहासिक क्षेत्रमा परेको वैज्ञानिकहरुले बताएका छन् । यसले क्षेत्र जोखिममा परेको उनीहरुको भनाई छ ।
आइयुसिएन र युनेस्कोले गरेको अध्ययनले पनि त्यस क्षेत्रमा प्रदुषण बढेको देखाएको छ ।
प्रदुषणका कारण पर्यटक र भिक्षुहरुलाई त्यहाँ अप्ठ्यारो परिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण